Sher-Bahadur-Deuba
Sher-Bahadur-Deuba

काठमाडौ। नेपालको नयाँ प्रधानमन्त्री चयनका लागि आगामी आइतबार बिहान ११ बजे व्यवस्थापिका–संसदमा निर्वाचन हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेकाबेला व्यवस्थापिका–संसद सचिवालयले शुक्रबार प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको हो।

व्यवस्थापिका–संसद नियमावली–२०७३ को नियम ४९ को उपदफा ९२० बमोजिम प्रधानमन्त्रीको निर्वाचन जेठ २१ गते आइतबार बिहान ११ बजे गर्नेगरी सूचना जारी गरिएको जनाइएको छ। संसद–सचिवालयकाअनुसार शनिबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय रहेको छ।

शनिबारै दिउँसो साढे ४ बजे उम्मेदवारहरुको सूची प्रकाशित गर्ने कार्यक्रम रहेको छ भने आइतबार निर्वाचन हुने कार्यक्रम सार्वजनिक गरिएको छ। नेकपा एमालेले भने संसदबाटै निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गर्दै आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठ ११ गते पदबाट राजीनामा दिएपछि नेपालको प्रधानमन्त्री पद रिक्त हुन पुगेको हो।

नयाँ प्रधानमन्त्रीको दावेदारमा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा देखिएका छन्। विपक्षी दलवाट आकाँक्षीमा नेकपा एमालेका बामदेव गौतम रहेको भनिएको छ। देउवा र गौतमले उम्मेदवारी दिएमा यी दुईवीच नै टक्कर हुने भएको छ।

Bam Dev Gautam
Bam Dev Gautam

प्रकाशन मिति–२०७४ साल जेष्ठ १९ गते शुक्रबार ।