Mr.Sher Bahadur Deuba–Presedent of Nepali Congress.
Mr.Sher Bahadur Deuba–Presedent of Nepali Congress.

काठमाडौ। नेपालको व्यवस्थापिका–संसदमा स्पष्ट बहुमत भएपनि संसद नचल्दा नयाँ प्रधानमन्त्री चयनको मिति पर सरेको छ। जसलेगर्दा आइतवार प्रधानमन्त्रीका दावेदार तथा प्रधानमन्त्रीका एकमात्र उम्मेदवार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनबाट रोकिएका छन्।

प्रमुख दलबीच सहमति जुटाउने भन्दै संसद्को बैठक यही जेठ २३ गते दिउंसो १ बजेसम्मका लागि स्थगित भएपछि प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया पर सरेको हो । सभामुख ओनसरी घर्तीको पहलमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसे पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गर्ने अडानबाट पछि नहटेपछि प्रधानमन्त्री निर्वाचनको मिति सरेको हो।

शीर्ष नेताको बैठकमा नेकपा एमालेले भरतपुर महानगरपालिकाको निर्वाचन सन्दर्भमा निर्वाचन आयोगको निर्णय गलत भएको भन्दै प्रधानमन्त्री चयन प्रक्रियामा अवरोध गरेका हुन्।
प्रकाशन मिति–२०७४ साल जेष्ठ २१ गते आइतवार ।