काठमाडौ। नेपालमा गत २०७२ बैशाख १२ गते आएको महाभूकम्पको कारण क्षतिग्रस्त भएको नेपाल सरकारवाट पहिलो स्वीकृत प्राप्त बहिरा विद्यालयको भवन पूर्नरनिर्माण भएको छ।

चर्चित अपाङ मानव अधिकारकर्मी भोजराज श्रेष्ठ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको सिन्धुपालचोक बाह्रबिसे स्थित सिन्धु बहिरा बिद्यालय भवन उदघाटन भएको हो।

कम्युनिटी एक्सन नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा पूर्नरनिर्माण भएको हो। उक्त भवनको दातासंस्थाका प्रमुख कम्युनिटी एक्सन नेपाल यूकेका कार्यकारी निर्देशक डग स्कटको नेपाल भ्रमणको अवसर पारेर शनिबार उदघाटन भएको अपाङ अधिकारकर्मी भोजराज श्रेष्ठले भिजन संसारलाई जानकारी दिएका छन्।

सो अवसरमा सिन्धुपाल्चोक जिल्लाका प्रजिअ अस्मान तामाङ्ग र जिल्ला शिक्षा प्रमुख गौरिशंकर पाण्डेको प्रमुख आतिथ्ययता रहेको थियो। डग स्कट,कम्युनिटि एक्सन नेपालका तेजबहादुर तामाङ्ग, नेपाल युथफाउण्डेशनका जितेन्द्र थापा, सुनकोशी इन्द्रावती समाजका भुपेन्द्रबहादुर थापा र पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व सभापति ऋषिराम पौडेल लगायत निर्माण कार्यमा सहयोगी सवैलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।

एक करोड पचासी लाखको लागतमा भवन निर्माण सम्पन्न भएको हो। भवन उदघाटन समारोहको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोजराज श्रेष्ठले गरेका थिए। सम्य र भब्य कार्यक्रमको संचालन विद्यालय प्रअ मैना कार्कीले गरेकी थिइन्।


प्रकाशन मिति–२०७५ साल बैशाख २४ गते सोमवार ।