काठमाडौं। यो बर्ष पनि नेशनल पावर न्यूज म्युजिक अवार्ड हुने भएको छ। नेपालको पहिलो समावेशी म्युजिक अवार्ड भनिएको यो बर्ष तेश्रो संस्करण हो। जसको लागि फारम खुलेको जानकारी आयोजक काठमाडौं पावर इन्टरनेशनल मिडियाका अध्यक्ष माधवराज खरेलले दिएका छन्।

खरेका अनुसार, नेशनल पावर न्यूज म्यूजिक अवार्डको तेश्रो संस्करण २०२० को लागि फारम २०७६ मंसीर ०१ गते देखी खुल्ला गरिएको छ।
नेपाली चलनचल्तीका भाषा सहित नेपालका वोलिने विभिन्न राष्ट्रिय भाषाका गीतहरुको सहभागितामा सम्पन्न हुने कार्यक्रमलाई नेपाली कलाकारहरुले उत्सवको रुपमा लिने गरेका छन्।

नेपाली चलनचल्तीका भाषा अन्तर्गतका राष्ट्रियभाव, गजल, आधुनिक, पप र लोकदोहोरी गीतहरुको विभिन्न विधामा प्रतिष्प्रधा रहनेछ भने भाषा–भाषीतर्फ काठे गीत, डेउडा गीत, नेपाल भाषा, तामाङ , राई , लिम्बु, मैथली, भोजपुरी, मगर, शेर्पा, थारुचौधरी, राजवंशी, गुरुङ लगायत विभिन्न भाषाका गीत संगीतहरुमा प्रतिष्प्रधा हुने जनाइएको छ।

नेपाली चलनचल्तीका भाषा अन्तर्गतका राष्ट्रियभाव, गजल, आधुनिक, पप र लोकदोहोरीका लागी अंग्रजी क्यालेन्डर अनुसार जनवरी १, २०१९ देखी डिसेम्वर ३०, २०१९ (१ बर्ष)् सम्म वजारमा आएका एवं प्रकाशनमा आएका अडियो/भिडियोले अवार्डमा सहभागी हुन पाउनेछन् भने भाषा–भाषि अन्तगर्त जनवरी १, २०१८ देखी डिसेम्वर ३०, २०१९ सम्म (२ बर्ष) भित्रमा वजारमा आएका गीत संगीतले भाग लिन पाउने आयोजकले वताएको छ।
प्रकाशन मिति–२०७६ साल मंसीर १ गते आइतवार ।