काठमाडौ। नेपालको प्रथम महिला राष्ट्रपति विद्या भण्डारीले संघीय गणतन्त्र नेपालको प्रथम राष्ट्रपति रामबरण यादवलाई सम्मान गरेकी छन्।

नेपाली प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहको १ सय ३ औं जन्मजयन्तीका अवसरमा काठमाडौमा गरिएको कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति यादवलाई सम्मान गरेकी हुन्।

पूर्व राष्ट्रपति यादवलाई संघीय गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति भएर दलहरुमा सहकार्य र सहमतिको वातावरण जुटाई संविधान जारी गर्न योगदान दिएकोमा स्वर्ण पदकवाट विभुषित गरिएको हो।

नेपालका रक्षामन्त्री समेत रहेका भीमसेनदास प्रधान अध्यक्ष रहेको गणशमान सिहं तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले पूर्व राष्ट्रपति यादबलाई गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदकबाट विभुषित गरेको हो।
प्रकाशन मिति–२०७४ साल कात्तिक २४ गते शुक्रबार ।