काठमाडौं। नेपालको बुद्धधर्ममा मद्य, मांस र मुद्रादिको प्रयोग ः एक दर्पण नामक पुस्तक सार्वजनिक भएको छ। हेनाकार महाविहारका चक्रेश्वर रेवरत्न बज्राचार्यका साथमा वौद्धविदुषी सुमति बज्राचार्य, संस्कृतिविद प्रा डा चुन्दाबज्राचार्य, राजगुरु मञ्जुश्री रत्नबज्राचार्य र बज्राचार्य क्लबका अध्यक्ष ज्योति बज्राचार्यले नेपालको बुद्धधर्ममा मद्य, मांस र मुद्रादिको प्रयोग ः एक दर्पण नामक पुस्तक संयुक्त रुपमा लोकार्पण गरेपछि सार्वजनिक भएको हो।

उक्त अनुसन्धानमूलक पुस्तक सरोजकुमार बज्राचार्यले पाँचबर्ष अध्ययन र अनुसन्धानपश्चात लिपिवद्ध गरेका थिए। अहिंसावादी बौद्ध दर्शनमा मद्यपान, मांसपदार्थको सेवन र भक्षण निषेध गरिएको अवस्थामा बज्रयान धर्ममा मद्य, मांस र पंचाकुश प्रयोग किन गरियो भनी दार्शनिक तर्कहरु सार्वजनिक कार्यक्रममा उपस्थित विद्वान–विदुषीहरुले प्रस्तुत गरेका थिए।

पुस्तकका बारे लोकार्पणकर्ताहरु तथा संस्कृतिविद् मदनसेन बज्राचार्यले प्रकाश पारेका थिए । कार्यक्रम अच्यूतरत्न बज्राचार्यले लेखकको आकर्षक परिचयकासाथ संचालन गरेका थिए ।
प्रकाशन मिति–२०७८ साल असोज २४ गते आइतवार ।