Bibekshil Sajha Partyकाठमाडौ। नेपालमा बैकल्पिक पार्टीको रुपमा छोटो समयमा नै स्थापित बनेको दुई पार्टी विवेकशील नेपाली दल र साझा पार्टीबीच बुधवार एकता भएको छ। एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ। एकीकरण भएसँगै पार्टीको केन्द्रीय समिति ३४ सदस्यीय बनाइएको छ।

जसमा रवीन्द्र मिश्र, उज्वलबहादुर थापा, अनुषा थापा, सूर्यराज आचार्यलगायत रहेका छन् । दुवै पार्टीका चार/चार जना रहने गरी संयोजन समिति निर्माण गरिएको छ । मिश्र र थापा सहसंयोजकका रुपमा रहेका छन्। बैठकको अध्यक्षता भने मिश्रले गर्ने बताइएको छ । त्यसैगरी प्रत्येक प्रदेशमा एक एक जना प्रदेश संयोजकको भूमिकामा रहने भनिएको छ।

पार्टी एकिकरण कार्यक्रममा बोल्दै पार्टीका संयोजक रवीन्द्र मिश्रले संविधानले दिएको अधिकार प्रयोग गर्दै मुलुकको मूल्य मान्यतालाई आत्मसाथ गरी देश विकासमा लाग्ने बताएका छन्। सोही अवसरमा संयोजक मिश्रले आफ्रनो पार्टीको सक्रियतामा सन् २०३० सम्ममा नेपाललाई न्युन आयबाट मध्यम आयमा लगिने पनि जिकिर गरेका छन्।

अर्का संयोजक उज्वल बहादुर थापाले देशलाई आर्थिक विकास र संवृद्धि गर्नको लागि पार्टी एकता भएको बताए। पार्टी चुनाव चिन्ह तराजु हुने पनि खुलाएको छ।
प्रकाशन मिति–२०७४ साल साउन ११ गते बुधवार ।