विराटनगर। पूर्वी नेपालको विराटनगरमा घरेलु समर्थकहरुको अपार साथ हुंदाहुंदै पनि नेपालले पाँचौ महिला साफ खेललाई आफ्नो पोल्टामा पार्न सकेन। यसपालि पनि महिला साफ भारतको पोल्टामा गयो। नेपाललाई ३–१ ले हराउँदै भारतले पाँचौ पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ।

भारतले खेलको २६ औँ मिनेटमा नै अग्रता लिएको थियो । भारतका लागि २६ औँ मिनेटमा डालिमा छिब्बरले सुरुवाती अग्रता दिलाएकी थिइन् । तर खेलको ३३ औँ मिनेटमा नेपाली खेलाडी सावित्रा भण्डारीले हेडरमार्फत गोल गर्दै खेललाई बराबरी गरिन्।

यो बराबरीलाई भारतले ६३ औं मिनेट अन्त्य गर्दै अग्रता लियो । भारतकी ग्रेस डाङ्मेइले गोल गर्दै भारतलाई अग्रता दिलाइन् भने ७७ औं मिनेटमा भारतीय खेलाडी अन्जु तामाङले निर्णायक गोल गरिन् ।
प्रकाशन मिति–२०७५ साल चैत्र ८ गते शुक्रवार ।