काठमाडौं। नेपालमा सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो।

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन शुरु गरेको थियो। पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ। चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन।

चैत २५ गतेपछि लकडाउन थप हुने या खुल्ने भन्ने विषयमा हाल निर्णय भैनसकेको भएतापनि आगामी मन्त्रीपरिषदको बैठकले निर्णय गरिने सरकारले भनेको छ।


प्रकाशन मिति–२०७६ साल चैत २२ गते शनिवार ।