काठमाडौं। नेपालको लब्ध प्रतिष्ठित बीएसएस रेडिमेड उद्योग चाँडै नै कंपनी लिमिटेडमा जाने भएको छ। नयाँ बर्ष २०७८ सालको अवसरमा आयोजित खुशीयाली बनभोज कार्यक्रममा आयोजित सम्मान कार्यक्रममा उद्योगले उक्त घोषणा गरेको हो।

बीएसएस रेडिमेड उद्योगका अध्यक्ष तथा प्रवन्ध निर्देशक विष्णु पुरुषले उद्योग निरन्तर प्रगतिको फड्कोमा उद्योगमा कार्यरत कर्मचारी तथा मजदूरलाई शेयरधनी वनाएर कंपनी लिमिटेडमा निकट भविष्यमा लाने ठूलो योजना रहेको घोषणा गरेका छन्।

कुनैपनि उद्योग कर्मचारी तथा मजदूरहरुको कारणवाट नै समृद्ध बन्ने भएको कारण कर्मचारी तथा मजदूर उद्योगको ज्यान भएको कारण आफूले कर्मचारी तथा मजदूरहरुलाई नै शेयरधनी वनाएर उद्योगलाई निकट भविष्यमा कंपनी लिमिटेडमा लाने तयारी गरेको उद्योगपति विष्णु पुरुषले खुलासा गरे।

विगत अढाई दशकदेखि रेडिमेड कपडा उद्योगको रुपमा सफलताको शिखर चुम्दैआएको प्रतिष्ठित उद्योग बीएसएस रेडिमेड उद्योगवाट उत्पादित फेशनेबल वेयरहरु स्वदेशमा मात्र खपत नभइकन विदेशमा समेत निर्यात हुने गरेको छ। उद्योगव्दारा उत्पादित स्वदेशी फेसनेवल वेयरहरुको विदेशमा समेत व्यापक माग भएको र त्यो मागलाई बीएसएस रेडिमेड उद्योगले पूर्ति गर्ने कार्यमा सहयोग गर्दैआएको पनि उद्योगपति विष्णु पुरुषले बताएका छन्।

कार्यक्रममा बीएसएस रेडिमेड उद्योगमा कार्यरत ४ सयभन्दा बढी कर्मचारी तथा मजदूर मध्येवाट सर्वोत्कृष्ट कार्य गर्नेहरुलाई विशेष कदर–पत्र प्रदान गरिएको छ। कदर–पत्र सञ्चार मिडिया ग्रुपका अध्यक्ष तथा नामी साप्ताहिकका प्रधान सम्पादक नारायण राई, भिजन संसार डटकम र नामी साप्ताहिकका सम्पादक श्याम स्मृत, मानवअधिकारकर्मी नारायण लिंखा देवान र सामाजिक अभियन्ता रमेशजंग थापाले प्रदान गरेका थिए।

विशेष सम्मान आम सञ्चारका माध्यमवाट उद्योगलाई सहयोग गर्ने भिजन संसार डटकमका समाचार सम्पादक तथा नामी साप्ताहिकका सम्पादक श्याम स्मृतलाई बीएसएस रेडिमेड उद्योगका सहअध्यक्ष सरस्वती श्रेष्ठले प्रदान गरेका थिए।


प्रकाशन मिति–२०७८ साल बैशाख १ गते बुधवार ।