Humla 2काठमाडौ। आज सोमवार महाशिवरात्रीको दिन अपरान्ह १ बजेर ५० मिनेटको समयमा नेपालको विकट जिल्ला हुम्लामा भूकम्प गएको छ। ४.४ रेक्टर स्केलको भूकम्प हुम्लामा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीलाई राससलाई जानकारी दिएका छन्।

गते बैशाख १२ र २९ गते गएको भूकम्पपछि नेपालमा ४ सयभन्दा बढी पराकम्प गैसकेको र आउने क्रम जारी रहेपनि हुम्लामा गएको भूकम्प नयाँ भएको अधिकारीले भनेका छन्। हुम्ला जिल्लाको सेलिमात्चो तथा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको भनेतापनि क्षतिको विवरण भने प्राप्त भएको छैन्।
प्रकाशन मिति–२०७२ साल फागुन २४ गते महाशिवरात्री ।