काठमाडौ। नेपालमा राम्रा व्यवसायको रुपमा लिएको तथा रातारात करोडौको मालिक बनाउने गरेको शेयर बजार केही समय यता त्यति सुध्रिएको पाइएको छैन्। अझ केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि यस व्यवसायको सुधार हुनुभन्दा धराशयी हुनेजस्तो संकेत देखिएको छ।

ओली नेतृत्वको सरकारका नयाँ अर्थमन्त्री डा.युवराज खतिवडाले अनुत्पादक क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने भन्ने अभिव्यक्तिसंगै नेपालको शेयर बजारमा पहिरो नै गएको छ। शेयरमा लगानीकर्तालाई आइतवार शेयर बजारले नराम्रो झट्का दिएको छ।

लगानीकर्ताले आइतवार एकै दिन ४७ अर्ब रुपैयाँ गुमाउन पुगेका छन्। बिहान बजार खुल्नेबित्तिकै रेड कार्पेट ओछ्याउन थालेको शेयर बजारमा बजार बन्द हुनुअघिसम्म ४१.५६ प्रतिशतले घट्दा लगानीकर्ताकव ४७ अर्ब रुपैयाँ गायब भएको हो।

केही महिनादेखि निरन्तर ओरालो यात्रामा रहेको शेयर बजार आइतवार दुई वर्षअघिकै न्यून बिन्दुमा आइपुगेको छ। यसअघि पुँजी बजार २०७२ फागुन २० गते १३०० अंकमा ओर्लेको थियो। ठीक दुई वर्षपछि शेयर बजारको अवस्था त्यस्तै दयनीय भएको हो।

आइतवारको दिन ४१.५६ अंकले ‌ओरालिँदै बजार परिसूचक नेप्से १३०४.४३ अंकमा आएको छ। आइतबार कारोबार जारी रहेका बेला सेयर बजार १३०० अं‌कबाट तल झरेको थियो। तर बजार बन्द हुनुअघिसम्म बजार केही थामिँदै १३०० बिन्दुमा पुगेर रोकिएको हो।

प्रकाशन मिति–२०७४ साल फागुन २० गते आइतवार ।