Barak Obamaकाठमाडौ। नेपालमा संविधान दिवसको पूर्वसन्ध्यामा अमेरिकाका राष्ट्रपति बाराक ओबामाले शुभकामना पत्र पठाएर शुभकामना दिएका छन्।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा पत्र पठाउंदै नेपाल र नेपाली जनतालाई शुभकामना तथा बधाई दिएको काठमाडौ स्थित अमेरिकी राजदूतावासव्दारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति बाराक ओबामाले शुभकामना पत्रमा अमेरिका नेपालको हरेक विकास र संवृद्धिको लागि सहयोग गर्न तयार रहेको पनि भनेका छन्।
प्रकाशन मिति–२०७३ साल असोज २ गते आइतवार ।