काठमाडौं। नेपालको समृद्धिका लागि आर्थिक रुपान्तरण विषयमा बहस भएको छ। काठमाडौंको मध्यवानेश्वर स्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टको सभाकक्षमा सोमवार आयोजना भएको हो।

अर्थशास्त्रका विव्दान प्राध्यापक डा.पुष्कर बज्राचार्यले जोसंग सीप छ–त्यसलाई सुद्र भन्ने नेपालको परम्परागत शैलीको कारण सीप र व्यवसायको विकास नभएको ठहर गर्दै नेपाल वाहिर ८३ लाखभन्दा बढी नेपाली रहेको तथा नेपालमा ७२ लाख मात्र नेपालीहरु कार्यरत रहेको आँकडा पेश गरेका छन्। आर्थिक रुपान्तरणमा सरकारको नीतिगत स्पष्टता नभएको र विना स्ट्रक्चर मार्केटिङको विकास नहुने अवधारणा प्रस्तुत गर्ने कार्य प्राध्यापक डा.बज्राचार्यवाट भएको थियो।

कार्यक्रममा इञ्जिनियर तथा बरिष्ठ राजनीतिक विश्लेषक सीके लालले यड नभइकन ट्रेडको विकास नभएको र यड दिनेहरुले ट्रेड गर्ने उपाय नसिकाएको खुलासा गरे। नेपालको ट्रेडमा आधाभन्दा बढी जनसंख्या भएको महिलाहरुलाई सहभागिता नगरेको कारण नेपालको ट्रेड कमजोर भएको तर्क दिदै सीके लालले जापानले ट्रेडमा अमेरिकाको सल्लाह बमोजिम महिलाहरुलाई ट्रेडमा विशेष सहभागिता गरेको कारण त्यहाँको आर्थिक रुपान्तरण भएको र जापानमा व्यापक समृद्धि आएको उदाहरण दिएका छन्।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा.पुष्पराज कडेलले योजना आयोगको विगत तथा बर्तमान योजनाको वारेमा प्रकाश पारेका थिए। राष्ट्रिय योजना आयोगकै पूर्वउपाध्यक्ष प्राध्यापक पृथ्वीराज लिंगलले पनि नेपालको समृद्धिका लागि आर्थिक रुपान्तरण विषयमा बोल्नुको अलावा नेपाल्स इकोनोमी इन डिसआरे द पोलिसन एण्ड पोलिटिक्स अफ डेवलपमेन्ट नामक पुस्तकको समीक्षा गरेका थिए।

पुस्तकको विमोचन प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका बरिष्ठ नेता प्रकाशमान सिंहवाट भएको थियो। पुस्तकका लेखक प्राध्यापक डा.पुष्कर बज्राचार्य, मोहनदास मानन्धर र रोजन बज्राचार्य रहेका छन्।


प्रकाशन मिति–२०७६ साल असोज १४ गते मंगलवार ।