Local Election in Nepalकाठमाडौ। पहिलो चरणको स्थानीय चुनाव आज बैशाख ३१ गते आइवार देशभर भैरहेको छ। विहान ७ बजेदेखि बेलुकाको ५ बजेसम्म मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ। नेपालको ३४ जिल्लामा स्थानीय निर्वाचनको मतदान कार्य भैरहेको छ। बाँकी जिल्लाहरुमा आगामी जेष्ठ ३१ गते हुने भएको छ।

आजको मतदानमा मतदातासूचीमा नाम भएरपनि मतदाता परिचय पत्र कुनै कारणवश नपाएको र पाएरपनि हराएको भएमा त्यसको विकल्पमा आफ्नो परिचय खुल्ने कुनै सरकारी परिचय पत्र भएमा मतदान गर्न पाइने व्यवस्था गरिएको पनि निर्वाचन आयोगले भनेको छ।

त्यस्तो अवस्थामा मतदाताले नेपाली नागरिकताको प्रमाण–पत्र, पासपोर्ट, सवारी चालक अनुमति पत्र, जग्गाधनी लालपूर्जा, सूचना विभागले जारी गरेको प्रेस परिचय पत्र लगायतका परिचय पत्रको आधारमा पनि मतदान गर्न दिइने भएकोले मतदाता परिचय पत्र नभएकाले यी सरकारी परिचय पत्र प्रयोग गर्न र गर्न लगाउन निर्वाचन आयोगले भनेको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख ३१ गते आइतवार ।