Pushpa Kamal Dahal Prachanda 1काठमाडौ। नेपालको नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाल चुनिएका छन्। बुधवार अपरान्ह ४ बजेतिर व्यवस्थापिका संसदमा भएको बहुमत सदस्यको मतवाट दाहाल दोश्रोपटक प्रधानमन्त्री बनेका हुन्।

कुल ५ सय ७३ मत खसेकोमा दाहालले ३ सय ६३ मत प्राप्त गरेर निर्वाचित बने। दाहालको विपक्षमा २ सय १० मत खसेको थियो। दाहाललाई नेपाली कांग्रेस, मधेस केन्द्रित दल लगायतको समर्थन थियो।

दाहाल नेपालको ३९ औ प्रधानमन्त्री बनेका छन्। दोश्रोपटक नेपालको प्रधानमन्त्री बन्ने नेपाली कम्युनिष्ट नेतामा दाहाल पहिलो भएका छन्। यसअघि दाहाल वि.सं.२०६६ साल जेठ ११ गते प्रधानमन्त्री बनेका थिए।
प्रकाशन मिति–२०७३ साल साउन १९ गते बुधवार ।