काठमाडौ। आज सोमवार विहान ९ बजेर २ मिनेटको समयमा भूकम्प गएको छ। ३ नंबर प्रदेशको अस्थायी राजधानी हेटौडा केन्द्रविन्दू भएको ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो। जसको असर काठमाडौं उपत्यकामा पनि असर परेको छ। काठमाडौं उपत्यकामा यसको धक्का राम्ररी नै महशुश भएतापनि अफिस टाइममा परेकोले धेरैले चाल पाउन सकेन।

यसैगरेर, आज सोमबार बिहान ३ः१६ बजे हेटौडा केन्द्र भएर गएको ४.१ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको हो । राष्ट्रिय भूकम्पमापन केन्द्रले मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको हो।

भूकम्पको धक्का मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा महसुस गरिएको छ। काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। आज गएको दुवै भूकम्प विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पको पराकम्प नै भएको बताइएको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र ४ गते सोमवार ।