काठमाडौ। नेपाली कांग्रेस नेतृत्वको शेरवहादुर देउवाले प्रधानमन्त्रीवाट राजिनामा दिएको लगतै बामगठवन्धनवाट केपी शर्मा ओली नेपालको ४१ औं प्रधानमन्त्रीको रुपमा नियुक्त बनेका छन्।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ पद तथा गोपनीयताको शपथ गराएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा ओलीले प्रधानमन्त्रीको शपथ लिएका हुन्।

नेपालको अत्यन्त चर्चित राजनेताको छवि कायम गर्न सफल ओली दोश्रो पल्ट नेपालको प्रधानमन्त्री बनेका हुन्। यसअघिको प्रधानमन्त्री कालमा ओलीले गरेको कार्यको निक्कै चर्चा तथा तारिफ पाएको थियो।

त्यो बेला भन्दा अझ राम्रो गर्ने सारा नेपाली जनताले अपेक्षा गरेको छ। नेपाली जनताको चाहना अनुरुप नै आफूले कार्य गर्ने ओलीले बताएका छन्।
प्रकाशन मिति–२०७४ साल फागुन ३ गते विहीवार ।