काठमाडौं। काठमाडौंवाट स्वास्थ्य सामाग्री लिएर गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा दुर्घटनामा परेको छ।

विमान अवरतण गर्ने बेलामा सिधै झाडीमा पुगेको नागरिक न्यूजले उल्लेख गरेको छ। वाई १२ नामक नेपाल एयरलाइन्सको उक्त जहाज दुर्घटनामा परेको हो।

जहाजमा ५ जना सवार थिए। जहाजमा रहेका सबै सकुसल रहेको पनि जनाइएको छ।
प्रकाशन मिति–२०७६ साल चैत १५ गते शनिवार ।