तेलअबिब (इजरायल) । नेपाल र नेपालीको इमान्दारिता तथा कामप्रतिको लगनशीलतावाट इजरायलीहरु निक्कै प्रभावित बन्दैआएको छ। यसलेगर्दा इजरायलीहरु नेपाल तथा नेपालीहरु भनेपछि निक्कै मन पराउने गरेका छन्।

मिहिनेती, सीधासादा स्वभाव तथा मृदुभाषी भएकाले ईजरायलमा नेपालीहरुको माग जति छ–कमाई तथा रोजगारीजन्य सुरक्षाका दृष्टिले इजरायल पनि नेपालीको उत्तिकै रोजाइ एवं आकर्षक गन्तव्य मुलुकमा रुपमा रहेको छ। विगतमा नेपाली पक्षले गरेको गल्तीका कारण नेपालको शाखमा केही गिरावट आएको थियो। जसका कारण निरन्तर पहलका वाबजुत इजरायली पक्षलाई सकारात्मक बनाउँदै नेपालबाट इजरायलमा केयरगिभर ल्याउने प्रक्रियालाई पुनः सुचारु गर्न धेरै गार्‍हो भएको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ।

इजरायलस्थित नेपाली राजदूतावासको अथक प्रयास पश्चात इजरायली पक्षलाई सकारात्मक बनाउन सफल भएको जानकारी इजरायलस्थित नेपाली राजदूत डा.अञ्जान शाक्यले दिएकी छन्।। हाल सरकारी स्तरमा नै सम्झौता भएपश्चात नेपालबाट इजरायलको नर्सिङ क्षेत्र (Hospitals, Nursing homes, Day care centers, etc.) मा केयरगिभर ल्याउने बाटो खुलेको छ।

सम्झौता अनुसार पहिलो वर्ष करिव ५०० को संख्यामा नर्सिङ क्षेत्रका नेपालीहरु इजरायल आउन पाउने भएको छ। यसलाई सफल तुल्याउन सकिएमा आगामी वर्षहरुमा समेत यसले निरन्तरता पाउने निश्चित भएको राजदूत डा.शाक्यको भनाइ छ।  यस सम्बन्धमा आपसी छलफलका लागि २८ जुलाई, २०२० मंगलवारका दिन इजरायली र नेपाली पक्षबीचमा एक High Level Zoom Meeting सम्पन्न भएको छ। इजरायली परराष्ट्र मन्त्रालयद्वारा संयोजन गरिएको meeting मा इजरायली टोलीको नेतृत्व इजरायलको परराष्ट्र मन्त्रालयको Consular Affairs Division प्रमुख ःMrs. Stella Rapp ले गरेकी थिइन्भने नेपाली टोलीको नेतृत्व नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेवाट भएको थियो।

इजरायलका लागि नेपाली महामहिम राजदूत डा.अन्जान शाक्य, नेपालका लागि ईजरायली राजदूत ःMr. Benny Omer, नेपालका लागि इजरायली प्रस्तावित राजदूत (Ambassador Designate) Mr. Hanan Goder सहितको छलफलमा इजरायलको Prime Minister’s Office, Ministry of Health, Ministry of Justice, Population and Immigration Authority (PIBA) लगायतका सम्बन्धित निकायका अधिकारीहरुका साथै नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव, वैदेशिक रोजगार विभागका महानिर्देशक लगायत परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरुको समेत सहभागिता रहेको थियो।


प्रकाशन मिति–२०७७ साल साउन १४ गते बुधवार ।