Ashishma Nakarmi 1काठमाडौ। नेपालभाषाका चलचित्रवाट चलचित्रको अभिनय फाँटमा चम्किएकी अभिनेत्री अशिष्मा नकर्मीले नेपालभाषामा नै चलचित्र बनाउने सोच राखेकी छन्। मातृभाषा नेपालभाषालाई अत्यन्त सम्मान र आदर गर्ने अभिनेत्री नकर्मीको निर्माणमा चाँडै नै नेपालभाषामा चलचित्र बन्ने भएको छ।

नकर्मीलाई चलचित्र निर्माणमा सघाउ पुर्याउन प्रसिद्ध चलचित्र वितरक प्रदीप उदय र नरेन्द्र महर्जन उत्साहित बनिसकेको बताइएको छ। उदय र महर्जनले अभिनेत्री नकर्मीलाई नेपालभाषाको चलचित्र निर्माणमा कार्यकारी निर्माताको हैसियतले साथ दिने भएका छन्।

आर्यन नकर्मी निर्मित तथा निर्देशित न्यालःब्याःवाट नेपालभाषाको चलचित्रमा डेब्यु गरेकी अभिनेत्री नकर्मीको नेपाली चलचित्र भने अन्तराल पहिलो डेब्यु फिल्म हो। नेपाली तथा नेपालभाषा दुवैमा दर्जनौ चलचित्रमा अभिनय गरेर पछिल्लो पुस्ताकी व्यस्त नायिकाको दर्जामा उनी पुगिसकेकी छन्।

हाल नेपालभाषाको चलचित्र जेन्टलमेनमा अभिनय गरिरहेकी उनी नेपालभाषाको चलचित्रमा नंबरी नायिका नै मानिन थालेको छ। अभिनेत्री नकर्मी प्रसिद्ध नेपाली उस्ताद मनराजा नकर्मीका ज्येष्ठ पुत्री हुन्।

Ashishma Nakarmi 2प्रकाशन मिति–२०७४ साल असार ९ गते शुक्रबार ।