काठमाडौ। नेपालभाषाको अत्यन्त चर्चित चलचित्र ‘थःम्हं म्हूगु गाः’ नेपाली भाषामा पनि तयार भएको छ। नेपाली भाषामा यो चलचित्रको नाम परिणाम भूलको राखिएको जानकारी यस चलचित्रका सशक्त निर्देशक रविन्द्र शाही आरबीले भिजन संसार डटकमलाई जानकारी दिएका छन्।

निर्देशक शाहीका अनुसार, यस चलचित्रको नेपाली संस्करणको सेन्सर पास समेत भैसकेको छ। अव यो चलचित्र यही साउन १७ गते ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा हलमा च्यारिटी रिलिज गरिने भएको छ। त्यसको लागि आफूहरु यतिखेर व्यापक तयारीमा रहेको यस चलचित्रका निर्माता सुरेश खड्गीले बताएका छन्।

यसै चलचित्रवाट निर्देशक रविन्द्र शाही आरबी पेज थ्री पिपुल्स च्वाइस अवार्डवाट अर्वार्डेट बनेका हुन्। त्यसको अलावा मीरा माली बेस्ट एक्टर इन नेगेटिभ तथा किशोरकुमार शाही वेस्ट एक्टर र शंकर खड्गीले बेस्ट डाइलग अवार्ड जितेका थिए।

चलचित्रमा किशोर शाही, मीरा माली, रवि महर्जन, रुविना महर्जन, सुजिता ठकुरी, श्रीजन खड्गी लगायतका साथमा निर्देशक रविन्द्र शाही आरबीको समेत बेजोड अभिनय रहेको छ।
प्रकाशन मिति–२०७५ साल साउन ५ गते शनिवार ।