काठमाडौ। नेपालभाषाको उत्कृष्ट बाल साहित्य मासिक पत्रिका ईलोहकों प्रकाशनको १८औं बार्षिक उत्सव भएको छ। यस उत्सवको अवसरमा दोश्रो ईलोहं स्कुल स्तरीय नेपालभाषा बाल साहित्य सम्मेलन ११३८ तथा ईलोहं पुरस्कार एवम् सम्मान प्रदान गरिएको छ।

ईलोहं नेपालभाषा साहित्य सम्मेलनमा काठमाडौ उपत्यकाका २० स्कुलबाट ७८ जना विद्यार्थीहरुको सहभागिता रहेको ईलोह प्रकाशनका सम्पादक तथा प्रकाशक दर्शनवीर शाक्यले भिजन संसारलाई बताएका छन्। सहभागी विद्यार्थीहरुले कथा, कविता र निवन्ध विधाका साहित्य बाचन गरेर प्रतिस्पर्धा गरेको थिए। साहित्य सम्मेलनमा कुल ४२ कविता, १४ कथा र २२ निवन्ध वाचन गरिएको थियो।

कवितातर्फ श्री माहांकाल माविका यज्जु जोशी प्रथम, कन्यामन्दिर माविका शेख सालेहा दोश्रो, शान्ति निकुंज स्कुलकी रमिता न्यौपाने तेश्रो र एकेडेमि अफ सेक्रेड हार्ट स्कुलकी सुमिना शाहीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । निवन्ध तर्फ श्री माहांकाल माविका ख्वाहिस परवीन प्रथम, जगतसु्न्दर ब्वनेकुथिका सचेतना मानन्धर दोश्रो, कान्ति इश्वरी मा विका कंचन श्रेष्ठ तेश्रो र श्री कुमारी माविका हिसिला श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।

त्यसैगरेर, कथा विधामा कन्या मन्दिर मा.विका शशि कार्की प्रथम, जगत सुन्दर ब्वनेकुथिका रीजा महर्जन दोश्रो, श्री महांकाल माविका सुनयना शाक्य तेश्रो र एकेडेमी अफ सेक्रेड हार्टका श्रृष्टि शाहीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए। साहित्य सम्मेलनका निर्णायकहरुमा नेपालभाषा केन्द्रिय विभागका उपप्राध्यापक ईश्वरी मैंया श्रेष्ठ, उपप्राध्यापक रास जोशी र शिक्षक शरद कसाःरहेका थिए।

विजयी हुनेहरुलाई दाता दिवंगत मंगलप्रसाद श्रेष्ठका प्रतिनिधि, केदारनारायण मानन्धर र सुरवहादुर श्रेष्ठले पुरस्कार एवं नगद प्रदान गरेका थिए। कार्यक्रममा लक्ष्मीदास मानन्धर, मथुरा साय्मि, दीपक तुलाधरको विशेष आतिथ्यता रहेको थियो।

ईलोहं प्रकाशनका प्रवन्ध निर्देशक नरेशवीर शाक्यको सभापतित्वमा सम्पन्न सम्मेलनमा ईलोहं प्रकाशनका ब्यवस्थापक दर्शनवीर शाक्यले स्वागत मन्तब्य व्यक्र गरेका थिए

साथमा ईलोह ज्ञानज्योति पुरस्कार नेपाल लिपिमा प्रकाशित एवं १९ भाषामा अनुवादित भई प्रकाशित र २६ भाषामा अनुवादित बाल चित्र उपन्यास ‘पासागुँया ल्ह्वंहपाक्व’ का लेखक धीरजनाथ अमात्यलाई प्रदान गरिएको थियो । पुरस्कार राशी ७ हजार ५ सय नगद रहेको छ।

ईलोहं बाल मासिक पत्रिकामा नियमित रुपमा प्रकाशन भईरहेको बाल कथाका लेखक प्रेम के निडरलाई ईलोहं एल्भिस जोशी पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कारको राशी नगद ५ हजार रहेको छ।

कार्यक्रममा नेपालभाषाका साहित्य र सञ्चार क्षेत्रका साथसाथै ईलोहं पब्लिकेशनलाई निरन्तर सहयोग प्रदान गर्दै आइरहेका न्यू जेनिथ स्कूलका प्रिन्सिपल राजु महर्जन, नेपाः ब्यांक्वेटका संचालक मचाराजा महर्जन टिशर्ट नेपालका ईन्द्रमान महर्जनलाई ईलोहंबाट विशेष सम्मान गरिएको थियो।

प्रकाशन मिति–२०७५ साल जेठ २४ गते विहीवार ।