Birthday Song Compition-Photo By Sharan Budhdha

काठमाडौ। मल्टीट्यालेन्टेट संचारकर्मी सुरजबीर बज्राचार्यको गायन रहेको जन्म दिनको कभर सङ्ग प्रतियोगितामा सहभागिता जनाउने १ सय २१ जना प्रतियोगीहरुलाई विशेष प्रमाण–पत्र प्रदान गरिएको छ। शनिवार काठमाडौको नयाँ बजार खुसिबुँ स्थित नेपाःब्याक्वेटमा आयोजित कार्यक्रममा उक्त प्रमाण–पत्र प्रदान गरिएको हो।

नेपालका अत्यन्त चर्चित कवि तथा गीतकार दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको प्रमाण–पत्र वितरण कार्यक्रमको आयोजक पेज–थ्री पत्रिकाका प्रकाशक नरेशवीर शाक्यको सभापतित्वमा भएको हो। नेपालभाषाको संगीतको क्षेत्रमा अभूतपूर्व सहभागिताका रहेको कभर सङ्ग प्रतियोगितामा भ्यूअर्सको संख्याको आधारमा भक्तपुरकी प्रतियोगी सुमन मानन्धरलाई विजेता घोषणा गरिएको छ।

सही र खास विजेताको घोषणा भने आगामी चैत्र ९ गते हुने आयोजक पेज थ्री पाक्षिक पत्रिकाका सम्पादक दर्शनवीर शाक्यले बताएका छन्। सशक्त संचारकर्मी विराजकाजी राजोपाध्यायले संचालन गरेको उक्त कार्यक्रममा जन्म दिन कभर सङ्गका प्रमुख गायक सुरजबीर बज्राचार्य, चेज टीभीका प्रायोजक गोल्मा कंपनीका प्रमुख सुरेश मल्ल, संगीतकार जुगल डंगोल लगायतले कार्यक्रमको आवश्यकता तथा उपलव्धीका बारेमा बोलेका थिए।

Birthday Song Compition-Photo By Sharan Budhdha

प्रकाशन मिति–२०७४ साल माघ २० गते शनिवार ।