ललितपुर। नेपालभाषाको पहिलो र सबैभन्दा धेरै विधाहरुमा अवार्ड वितरण गरिने नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ भएको छ।

अत्यन्त आत्मविश्वासी र मनको धनी मल्टीस्टार स्वतन्त्र संसार महर्जनको संसार क्रियशनको आयोजनामा नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ हुन लागेको हो। यस अवार्ड कार्यक्रमको फस्ट लूक, म्युजिक भिडियो अवार्डमा सहभागिता जनाउनेहरुलाई प्रमाण–पत्र वितरण कार्यक्रम भएको छ।

ललितपुरको बागडोल रिंगरोड स्थित बेखाज पार्टी भेन्युमा बुधवार आयोजित कार्यक्रममा अवार्डको फस्ट लुक कार्यक्रम संपन्न भएको छ।
जसमा प्रथम नेपालभाषा चलचित्र पत्रकार विजयरत्न तुलाधर, बरिष्ठ फोटोपत्रकार राजभाइ सुवाल, ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामाको विशेष आतिथ्यता रहेको थियो। अवार्ड कार्यक्रम मंसीर महिनामा हुने भएको छ।


प्रकाशन मिति–२०७६ साल कात्तिक २० गते बुधवार ।