पाटन। नेपालभाषाको पहिलो र सर्वाधिक अवार्ड भएको नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड यही माघ १० गते शुक्रवार भव्य तथा सभ्यरुपमा हुने भएको छ। काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विहान ११ः३० बजेवाट फरक ढंग तथा फरक शैलीवाट हुने भएको हो।

आयोजक संसार क्रियसन्सका कार्यकारी प्रमुख बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जनका अनुसार, कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको प्रमुख आतिथ्यता रहने भएको छ। तीनवटा महानगरपालिका र नगरपालिकाका मेयरहरुको विशेष आतिथ्यता पनि हुने भएको छ। नेपालभाषा संगीत क्षेत्रका मूर्धन्य संगीतकार अमरराज शर्मा राजोपाध्यायलाई नगद १५ हजार सहितको लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ।

त्यस्तैगरेर, सप्तरंगी संसार सम्मान बरिष्ठ अभिनेता तथा निर्देशक पवन जोशी, नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर, नेपालभाषा चलचित्रका प्रथम नायक जय श्रेष्ठ, नायिका हिसिला महर्जन, अग्रज गायक जुजुकाजी रंजित र बरिष्ठ मेकअप आर्टिष्ट सनमकुमार श्रेष्ठलाई प्रदान गरिने जानकारी पनि सोमवार आयोजित पत्रकार सम्मेलनमा भनिएको छ।

संसार मल्टिप्रपोज सम्मान नेपालभाषाका संचारकर्मी ललेन्द्र शाक्यलाई दिइने भएको छ। फेसवुक प्रोफ्राइल पिक्चर्स टेम्प्लेट फ्रेम कम्पिटिसनमा सर्वाधिक भ्यूअर्स पाउने राजु महर्जन र सरिता बज्राचार्यलाई पनि विशेष सम्मान दिइने खुलासा गरिएको छ।

विविध सांगीतिक प्रस्तुतिकासाथ भव्य रुपमा हुन गैरहेको बृहत अवार्डको नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डको सफलताको कामना नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रिय अध्यक्ष सुरजवीर बज्राचार्य, नेपालभाषाका प्रथम जादूगर तथा नेपाल चलचित्र कलाकार संघका बरिष्ठ उपाध्यक्ष सानु ताम्राकार, नेपालभाषा चलचित्रका प्रथम पत्रकार विजयरत्न तुलाधर, अवार्ड कार्यक्रमका सल्लाहकार केशवराम सिंह, स्वयम्भूराज डंगोल लगायतले गरेका थिए।
प्रकाशन मिति–२०७६ साल माघ ७ गते मंगलवार ।