Nepal Bhasha's First Leading Journalist Mr. Bijay Ratna Tuladhar.
Nepal Bhasha’s First Leading Journalist Mr. Bijay Ratna Tuladhar.

काठमाडौ। नेपालभाषाको प्रथम चलचित्र पत्रकारको घोषणा भएको छ। नेपालभाषामा चलचित्र पत्रकारिताका गर्ने प्रथम पत्रकार विजयरत्न तुलाधर भएको घोषणा भएको हो। विगत ३७ बर्षदेखि निरन्तर मूलधारको नेपाली चलचित्रको पत्रकारिताको अलावा नेपालभाषाको चलचित्र पत्रकारिता गर्दैआएका पत्रकार विजयरत्न तुलाधरलाई नेपालभाषाको प्रथम चलचित्र पत्रकार घोषणा गरिएको हो।

Bijay Ratnaविजया दशमीको अवसरमा अमेरिकामा निर्माण भएको नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर तथा गीतको विश्वभर एकसाथ प्रसारण समारोहमा उक्त घोषणा भएको हो। भिजन संसारका समाचार सम्पादक श्याम स्मृतको अगुवाइमा उक्त समारोहमा विजयरत्न तुलाधरलाई नेपालभाषाको प्रथम चलचित्र पत्रकार घोषणा गरिएको हो। घोषणा कार्यक्रममा उपस्थित सवै पत्रकारहरुले अग्रज पत्रकार तुलाधरलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।Smrit Award 7 नेपालभाषाको प्रथम चलचित्र पत्रकार निर्विकल्पको रुपमा आफू भएकोमा अत्यन्त गर्ब महशुश गरेका अग्रज पत्रकार तुलाधरले आफ्नो ३७ बर्षको निरन्तर पत्रकारिताको अत्यन्त ठूलो सम्मानको रुपमा लिएको बताएका छन्। यस गौरबता प्रदान गर्न निरन्तर अभिप्रेरित गरिरहने पत्रकार श्याम स्मृतलाई पनि धन्यवाद दिने कार्य तुलाधरवाट भएको छ।

First Nepal Bhasha Film Shilu
First Nepal Bhasha Film Shilu

नेपालमा नेपालभाषाको पहिलो चलचित्र सिलुको निर्माण पश्चात नेपालभाषाको चलचित्रको पनि रिपोर्टिङ्ग गर्नुपर्दछ र नेपालभाषाका चलचित्रको पनि समाचार बन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै यो क्षेत्रमा आयामिक कार्य गर्न सफल पत्रकार तुलाधरले विसं.२०३७ सालवाट चलचित्र पत्रकारिता गर्न थालेका हुन्।

Gorkhapatra

प्रारम्भमा गोरखापत्रवाट चलचित्र पत्रकारिता गरेका तुलाधरले विसं.२०४१ सालमा लाखौ पाठकको प्रिय पत्रिका कामनाको प्रकाशन आरम्भ भएपछि कामनावाट प्रभावशाली चलचित्र पत्रकारिता गरेका थिए। कामना पश्चात कलाकार आवाज, रोशनी, रोहिणी, प्राइम, स्टारडम लगायतका पत्रिकाका सम्पादक बनेर नेपालभाषाको चलचित्र पत्रकारितामा योगदान दिने कार्य तुलाधरवाट भएको छ।

Kamana Film Magazine

नेपालभाषामा विजयरत्न असंबरे नामवाट बाइलाइन लेख्ने पत्रकार तुलाधर नेपालभाषाको पहिलो टेलिभिजन कार्यक्रम हसनाको पनि निर्देशक हुन्।

त्यसको अलावा नेपालभाषाको पहिलो म्युजिक भिडियो गायक नील शाक्यको लुमंक च्वना छन्तको पनि प्रथम निर्देशक तुलाधर नै हुन्। नेपालभाषाको प्रथम म्युजिक भिडियो हसनाको डीभीडी निकाल्ने पनि प्रथम निर्देशक तुलाधर हुन्।

नेपालभाषामा धेरै कुरामा ऐतिहासिक रुपमा पहिलो कार्य गर्न सफलता प्राप्त गर्ने अग्रज पत्रकार तुलाधर सवैको प्रेरणादायी व्यक्तित्व बन्न सफल बनेका छन्।
प्रकाशन मिति–२०७४ साल असोज ११ गते बुधवार ।