काठमाडौं। लकडाउनको वर्तमान अवस्थामा चलचित्र मात्र होइन, छोटा लघुचलचित्रहरु पनि युट्युब मार्फत विश्वव्यापी रिलिज भएको छ। यसक्रममा नेपालभाषामा निर्मित बहुचर्चित लघुचलचित्र द मिथको पनि युट्युब मार्फत विश्वव्यापी रिलिज भएको हो।

नेपालभाषा संकिपा नखः ११३८ मा दाेस्राे पुरस्कार प्राप्त गर्न सफल यस अनौठो अनि रहस्यमय लघुचलचित्रको निर्माण प्रस्तुति पेजथ्री पाक्षिक पत्रिकाको रहेको छ। नेपालभाषा आन्दोलनका प्रणेता नरेशवीर शाक्यको निर्माण रहेको यस लघुचलचित्रको पटकथाकार तथा निर्देशक पेजथ्री पाक्षिक पत्रिकाका सम्पादक दर्शनवीर शाक्य हुन।

विराजकाजी राजोपाध्याय, आराध्यलक्ष्मी खड्गी, रुपेन्द्र श्रेष्ठ, राजेन्द्रमान शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ।

प्रकाशन मिति–२०७७ साल बैशाख २२ गते सोमवार ।