Dad Son & Mom 3काठमाडौ। नेपालभाषाको हाँस्य टेलिसिरियलको इतिहासमा ड्याड, सन एण्ड ममले कीर्तिमान कायम गरेको छ। प्रसारणको १ सय भाग पूरा गरेको छ। नेपाल मण्डल टेलिभिजनमा हाँस्य सिरियल ड्याड, सन एण्ड ममले प्रसारणको १ सय भाग पूरा गरेको हो।

यस अवसरमा शनिवार काठमाडौको नयाँ बजार लिंकरोड स्थित प्याराडाइज ब्याँकक्वीटमा आयोजित भव्य समारोहमा सिरियलका कलाकार तथा प्राविधिकहरुलाई कदरस्वरुप सम्मान गरेको छ। सिरियलका लेखक तथा निर्देशक आर्यम नकर्मीका श्रद्धेय पिता मंगलमान नकर्मीलाई विशेष सम्मान प्रदान गरिएको छ। साथमा सिरियलका प्रमुख आकर्षण हाँस्य अभिनेता सविन शाक्य चाकुचालाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।

Dad Son & Mom 1ख्यातिप्राप्त हाँस्यअभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा संपन्न कार्यक्रम संपन्न भएको थियो। प्रमुख अतिथि श्रेष्ठले नेपालभाषा क्षेत्रमा आफू आउंदा सधै माइतिमा आएजस्तो अनुभव हुने र नेपालभाषा आफ्नो मातृभाषा भएकोले यो क्षेत्र आफ्नो लागि सदा आदरणिय क्षेत्र भएको निश्कर्ष निकाल्दै माइतिघर अनुभव हुने भने तर्क दिए।

नेपालभाषा आन्दोलनका प्रणेता मध्येका एक मल्ल के सुन्दर, नेपालभाषाको पहिलो चलचित्र सिलुका नायक जुजुभाइ महर्जन, चलचित्र राजमतिकी नायिका हिसिला महर्जन लगायतले हाँस्य सिरियल ड्याड, सन एण्ड ममको सफलताको कामना गरेका थिए। चर्चित हाँस्य कलाकार हृद्यप्रसाद मिश्रको कार्यक्रम संचालनको बेग्लै हाँस्य तौर–तरीकाले सवैलाई रोमान्चित बनाएको थियो।

Dad Son & Mom 2प्रकाशन मिति–२०७४ साल भाद्र १७ गते शनिवार ।