काठमाडौ। स्वताबजी हाँस्य सिरियल नेपालभाषाको पहिलो लामो समयदेखि प्रसारित पहिलो सिरियल बनेको छ। यही पुष २९ गते यस नेपालभाषाको अत्यन्त लोकप्रिय सिरियल स्वताबजीले प्रसारणको ऐतिहासिक कीर्तिमान ७ सय एपिसोड पूरा भएको उत्सव मनाउने तर्खरमा रहेको छ।

यसको लागि आफू र आफ्नो टीम अन्तिम तयारी अवस्थामा पुगिसकेको जानकारी ख्वताबजी हांस्य सिरियलका निर्देशक तथा अभिनेता सुरेन्द्र तुलाधरले बताएका छन्। ललितपुरको नखिपोट स्थित सिलौटी रिसोर्टमा भव्य समारोह गरेर ७ सय एपिसोडको सेलेब्रेसन कार्यक्रम हुन लागेको जानकारी पनि निर्देशक तुलाधरले दिएका छन्।

नेपाली भाषामा निर्माण भएका हांस्य सिरियलले पनि ७ सय एपिसोड पुर्याउन हम्मे हम्मे भैरहेको अवस्थामा पहिलो पल्ट नेपालभाषामा इमेज च्यानल टेलिभिजनमा प्रसारण हुंदैआएको ख्वताबजीले यो कीर्तिमान राख्नु निश्चय पनि सुखद पलका रुपमा ख्वताबजी टीमले लिएका छन्।

नेपाली वाहेक गैरनेपाली नेपालभाषामा निर्माण भएको सिरियलको प्रसारणको रेकर्डले नेपालभाषी सिरियलको इतिहासमा क्रान्तिकारी कदम तथा साहसको रुपमा लिइएको छ।

शुरुवातको समयवाट कलाकार बनेर यसै सिरियलको लेखक तथा निर्देशक समेत बनेका सुरेन्द्र तुलाधरले ख्वताबजीकै कारण नेपालभाषी कलाकारको राम्रो जमात तयार भएको र नेपालभाषामा पनि राम्रो सिरियल आउंछ भन्ने उदाहरण बन्न सफल भएको दावी गरेका छन्। ख्वताबजीकै कारण धेरै कलाकारले राम्रो प्रतिष्ठा तथा मान–सम्मान र समाजमा राम्रो प्रतिष्ठा पाएका छ।


प्रकाशन मिति–२०७४ साल पुष २५ गते मंगलवार ।