Bala Mayaju in Jaya & Melina 2काठमाडौ। नेपालभाषा संकिपा समाजको आयोजनामा हुन गैरहेको बर्षभरिको नेपालभाषा फिल्म फेस्टिबल पुष २४ गते शुक्रबार उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली या राष्ट्रपति विद्यादेवी भण्डारीवाट हुने भनिएतापनि प्रधानमन्त्री तथा राष्ट्रपति दुवैको समय नमिलेको कारण औपचारिक रुपमा नै फेस्टिबल प्रारम्भ हुने आयोजक नेपालभाषा संकिपा समाजले जनाएको छ।

Bala Mayaju Awarded 2

समाजका उपाध्यक्ष पवन जोशीले दिएको जानकारी अनुसार फेस्टिबलको शुक्रबार उद्घाटन समारोहमा नेपालभाषाका प्रथम नायक जय श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिने भएको छ। नेपालभाषाको पहिलो ऐतिहासिक चलचित्र सिलुका नायक श्रेष्ठले नेपालभाषाको चलचित्रमा योगदान दिएवापत उक्त सम्मान दिइन लागेको हो। श्रेष्ठ अभिनित पछिल्लो चलचित्र बाँला–मयजुले नेशनल अवार्ड समेत जितिसकेको छ।

Bala Mayaju in Jaya & Melina 1

कार्यक्रममा फेस्टिबलमा सहभागी १२ चलचित्रका कलाकारहरुलाई सम्मान–पत्र पनि प्रदान गरिने भएको छ। पुष २५ गतेवाट हरेक महिनाको अन्तिम हप्ताको शनिवार बागबजार स्थित सिटीम्याक्स हलमा प्रत्येक महिना छनौटमा परेका एक चलचित्रको प्रदर्शन गरेर बर्षभरि नै फिल्म फेस्टिबल हुने भएको छ। यसैवीचमा नेपाल संकिपा समाजका उपाध्यक्ष तथा बरिष्ठ अभिनेता पवन जोशीको पहलमा फेस्टिबलमा आवेदन गरिएका अठार चलचित्रको चलचित्र विकास बोर्डमा निःशुल्क दर्ता गर्ने कार्य भएको बोर्डले भनेको छ।

Nepal Bhasa Filmsआयोजक नेपालभाषा संकिपा समाज र अभिनेता जोशीको विशेष आग्रहमा फेस्टिवलमा आवेदन गरिएका सवै चलचित्रको बोर्डमा निःशुल्क दर्ता गरिएको बोर्डका अध्यक्ष राजकुमार राईले भनेका छन्। आदिवासी जनजातिका चलचित्रलाई प्रोत्साहित गर्ने बोर्डको नीति अनुरुप त्यसप्रकारको कार्य गरिएको राईले भनेका छन्।

अभिनेता जोशी नेपालभाषामा निर्माण भएका चलचित्रको सेन्सर शुल्कमा आफूहरुले कटौती गर्न बोर्डलाई आग्रह गरिरहेको बताउंछन्। नेपालभाषामा सयौ चलचित्र निर्माण भएतापनि चलचित्र विकास बोर्डमा ६ वटा चलचित्रको मात्र दर्ता भएको देखिएकोमा अव थप १७ चलचित्र पनि थपिएको छ।
प्रकाशन मिति–२०७२ साल पुष २३ गते विहीवार ।