ललितपुर। नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ हुने भएको छ। बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जनको आयोजनामा नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ हुन लागेको हो।

यही कात्तिक ३० गते भव्य तथा सभ्य ढंगवाट सवैको मनराख्ने र मनजित्ने गरेर निष्पक्ष्य ढंगवाट अवार्ड कार्यक्रम हुन लागेको आयोजक संसार क्रियशनका म्यानेजिङ डाइरेक्टर समेत रहेका स्वतन्त्र संसार महर्जनले भिजन संसार डटकमलाई बताएका छन्।

आयोजक महर्जनका अनुसार, नेपालभाषामा निर्माण भएका म्युजिक भिडियोहरु वीच नै व्यापक कम्पिटिसन हुने भएको छ। त्यसको लागि आफूहरुले नेपालभाषा म्युजिक भिडियोका निर्माताहरुलाई प्रतियोगितामा भाग लिन दर्ता आव्हान गरिसकेको समेत जानकारी महर्जनले भनेका छन्।
प्रकाशन मिति–२०७६ साल कात्तिक ८ गते शुक्रवार ।