काठमाडौं। नेपालमा अलपत्र परेका तीनसय पाँच  विदेशी यात्रु लिएर कतार एयरलाइन्सको चार्टड विमान त्रिभुवन विमानस्थलबाट फ्र्याँकफर्टका लागि उडेको छ । दोहामा ट्रान्जिट अनुमतिप्राप्त उक्त विमानलाई जर्मन सरकारको अनुरोधमा नेपाल सरकारले उडान अनुमति दिएको हो।

जर्मन दूतावास र सरकारको समन्वयमा शुक्रवार कतार एयरवेजको जहाजमार्फत् तीनसय पाँच विदेशी नागरिकलाई जर्मन फर्काइएको हो। आज फर्केका विदेशी नागरिकलाई सरकारले मुस्ताङ, पोखरा, लुक्ला लगायत विभिन्न क्षेत्रबाट उद्दार गरेर ल्याएको थियो।

कोरोना भाइरसको संक्रमणको सम्भावना रोक्न सरकारले चैत्र ९ गतेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । तर नेपालमा रोकिएका आफ्ना नागरिकहरुलाई ओसार्न जर्मन सरकारले अनुरोध गरेपछि विशेष उडानको अनुमति दिइएको हो ।

भोलि शनिबार पनि कतार एयरको एउटा उडानलाई दोहा हुँदै फ्र्याँकफर्ट उड्ने अनुमति दिइएको छ। दुबै जहाजलाई काठमाडौँ आउँदा कुनै यात्रु ल्याउन दिइएको छैन्।
प्रकाशन मिति–२०७६ साल चैत १४ गते शुक्रवार ।