काठमाडौ। नेपालमा केही दिनयता परेको अविरल बर्षाको कारण बाढी–पहिरोले हालसम्म २८ जनाको मृत्यु, २४ जना बेपत्ता र १० जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसारप्यूठानमा ६, गुल्मीमा पाँच, पाल्पामा चार, बाग्लुङमा चार, मकवानपुरमा तीन, रुपन्देहीमा दुई र काठमाडौँ, अर्घाखाँची, दोलखा र सर्लाहीमा एक-एक जनाको मृत्यु भएको छ।

Badhi Pahiro In Nepal 1विपद्कै कारण प्यूठानमा १९, बाग्लुङमा दुई, सुनसरी, सप्तरी र झापामा एक÷एक जना बेपत्ता भएको मन्त्रालयका सहायक प्रवक्ता झङ्कनाथ ढकालले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। बाढीपहिरोको कारण गुल्मीमा तीन, काठमाडौँमा दुई, बाग्लुङमा दुई र प्यूठान, दोलखा र अर्घाखाँचीमा एक-एकजना घाइते भएको गृहमन्त्रालयले जनाएको छ।

विपद्का कारण ७५ घर पूर्ण रुपमा र दुई घर आंशिकरुपमा क्षति पुगेको, तिनाउ नदीमा आएको बाढीले ठूलो झुलुङ्गे पुल बगाएको, मोरङमा रङ्गेलीबाट उर्लाबारी जाने पक्की पुल बगाएको विज्ञप्तिमा उल्लेख छ । नारायणी नदीमा पानीको सतह खतराको तहसम्म पुगेको हुँदा चितवन र नवलपरासी जिल्लाका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन गृहले अनुरोध गरेको छ ।

Badhi Pahiro In Nepal 2घटनाको जानकारी हुनासाथ सुरक्षा निकायका नजिकका इकाई र जिल्ला सदरमुकामबाट समेत उद्धार टोली तत्कालै ती स्थानमा परिचालित भई खोज तथा उद्धार कार्य भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले मनसुन पूर्वतयारी कार्ययोजनाअनुरुप तत्काल खोज, उद्धार र राहत वितरण गर्न सक्नेगरी तयारी अवस्थामा रहन स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको जनाएको छ।
प्रकाशन मिति–२०७३ साल साउन ११ गते मंगलवार ।