काठमाडौं। नेपालमा आज सोमबार एकैदिन १ हजार ७०५ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणवाट निको बनेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सोमबार एकै दिन १ हजार ७०५ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १० हजार २९४ पुगेको छ।

काठमाडौं उपत्यकाका ९ जनासहित १४४ जनामा कोरोना संक्रमण देखिएको छ। सोमबार सातवटै प्रदेशमा कोरोनाका बिरामी भेटिएका छन्। जसमध्ये प्रदेश १ मा ६ जना, प्रदेश २ मा ४१ जना, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ८ जना, प्रदेश ५ मा १४ जना, कर्णाली प्रदेशमा ४६ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी १४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८५६ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार ४७० पुगेको छ भने आइसोलेसनमा ६ हजार ६१३ जनाको उपचार भइराखेको छ।

यस्तै ४ जिल्ला महोत्तरी, रौतहट, कैलाली र बाजुरामा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् भने पाँच जिल्ला कोरोनामुक्त भएका छन्। धनकुटा, भोजपुर, मुस्ताङ, मनाङ र हुम्ला गरी पाँच जिल्ला कोरोनामुक्त भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए। मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भइसकेो छ।
प्रकाशन मिति–२०७७ साल असार २९ गते सोमवार ।