HIVकाठमाडौ। नेपालमा सरकारी तथा गैरसरकारी संस्थाले एचआइभी एड्स न्यूनीकरणका लागि प्रयास गरे पनि सोचेअनुरुप प्रभावकारी हुन नसकेको बताएका छन्। काठमाडौमा मंगलवार आयोजना गरिएको ‘एचआइभी एड्स न्यूनीकरणका लागि सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रियामा एचआइभी एड्स न्यूनीकरणका लागि कार्यक्रम धेरै सञ्चालन गरे पनि प्रभावकारी हुन नसकेको बताइएको हो।

वीर अस्पतालका वरिष्ठ परामर्शदाता डा.सुशील शाक्यले एचआइभी एड्स प्रभावित क्षेत्रमा मात्र कार्यक्रम सञ्चालन नभई देशभरि नै सचेतना कार्यक्रम जरुरी भएको बताएका छन्। डा.शाक्यले नेपालमा ७२ हजार एचआइभी एड्स पीडितबाट ३२ हजारमा झारिए पनि सहरको तुलनामा कतिपय जिल्लामा बढी प्रभावित भएको हुँदा देशैभर सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै यो भाइरसको चिन्ताले संसारभरि नै सचेतना अपनाइरहेको उल्लेख गरेका छन्।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ सार्वजनिक स्वास्थ्य अधिकृत शम्भू काफ्लेले नेपालमा छिट्टै ७५ वटै जिल्लामा सेवा सञ्चालन गरी एचआइभी एड्स न्यूनीकरण अभियान सञ्चालन गर्ने बताएका छन्।

HIV.1प्रकाशन मिति–२०७४ साल असार २० गते मंगलवार ।