काठमाडौं। नेपालमा साउन १ गते देखि एक बैंकको अर्को बैंकको एटीएममा एटीएम कार्ड प्रयोग गर्दा शुल्क लाग्ने कुरा आएपछि नेपाल राष्ट्र वैंकले त्यसमा रोक लगाएको छ। कोरोना महामारी रहेसम्म एउटा बैंक तथा वित्तीय संस्थाको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७७–०७८ को मौद्रिक नीति जारी गर्दै एउटा वित्तीय संस्थाको एटीएम अर्को संस्थामा प्रयोग गर्दा शुल्क नलाग्ने जानकारी दिएको हो।

नेपाल राष्ट्र बैठका गभर्नर महाप्रसाद अधिकारीले अन्तर बैंक एटीएम कारोबार गर्दा पैसा नलाग्ने भनेका छन्। यसअघि नेपाल बैंकर्स संघले अन्तर बैंक एटीएम कारोबारसँगै अन्य विद्युतीय भुक्तानीमा शुल्क लाग्ने बताएका थिए।

साउन १ गते अघिसम्म कोरोनाको कारण जारी लकडाउनमा सरकारले एक वित्तीय संस्थाको एटीएमले अर्को संस्थाको एटीएमबाट कारोबार गर्दा शुल्क नलाग्ने निर्णय गरेको थियो। सोही अनुरुप बैंक तथा वितीय संस्थाहरुले शुल्क लिएका थिएन। अव उप्रान्त पनि कोरोनाको महामारी रहेसम्म शुल्क नलाग्ने भएको छ।
प्रकाशन मिति–२०७७ साल साउन २ गते शुक्रवार ।