काठमाडौं। नेपालमा लकडाउन खोलेयता कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणमा दिनानुदिन बृद्धि हुदै गएको छ। लकडाउन खोलिएसँगै दैनिक संक्रमितको संख्या फेरि बढ्न थालेयता मृतकको संख्यामा पनि बृद्धि भएको हो।

कोरोनावाट मृत्यु हुनेको संख्या ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताएका छन् । प्रवक्ता गौतमका अनुसार, बझाङका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएसंगै संक्रमितको संख्या ४९ पुगेको हो। कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ११ जनामा संक्रमण पुष्टि भएसंगै जम्मा संक्रमितको संख्या १९ हजार ६३ पुगेको मन्त्रालयले जनाएको छ। जसमा काठमाडौं उपत्यकामा मात्रै ५३ जना थपिएका हुन्। हाल ५ हजार १ सय ३९ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा १ सय २१ जना संक्रमित निको भएर घर फर्केका छन्।

हालसम्म जम्मा १३ हजार ८ सय ७५ जना डिस्चार्ज भएर घर फर्केको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको पीसीआर परीक्षण भएको छ । देशभर हाल १५ हजार ३ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । ५ हजार १ सय २९ जना आइसोलेसनमा छन् ।


प्रकाशन मिति–२०७७ साल साउन १३ गते मंगलवार ।