काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको वताएका छन्।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ जना पुगेको पुगेको छ। २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११०४७ जनाको पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा २३४० जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या ६७५४२ रहेको छ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २२ हजार ७०९ जना रहेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ।
मृत्यु भएकामध्ये ५ जना पुरुष र ४ जना महिला छन्। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ।


प्रकाशन मिति–२०७७ साल असोज २० गते मंगलवार ।