काठमाडौं। आज पौष कृष्ण औँसीका दिन बिहानवाट नेपालमा खण्डग्रास सूर्यग्रहण लागेको छ। विहान ८ बजेर ४२ मिनेटदेखि नेपालमा खण्डग्रास सूर्यग्रहण लागेको हो। यसको अवधि २ घण्टा ४९ मिनेट रहेको छ। ग्रहण मोक्ष अर्थात् ग्रहण सकिने समय ११ बजेर ३१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

विभिन्न देशमा फरकफरक समयमा ग्रहण देखिनेछ। आजको सूर्यग्रहण विसं.२०७६ सालको अन्तिम ग्रहण हो । योभन्दा पहिले यस वर्ष गत असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो।

आजको खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान, लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अष्ट्रेलियाबाट समेत देख्न सकिन्छ। ग्रहणलाई खुला आँखाले भने हेर्नु हुँदैन।

दूरबिन आदिको प्रयोगबाट भने ग्रहण हेर्न सकिने खगोलशास्त्रीहरुले जनाएका छन् । ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ।
प्रकाशन मिति–२०७६ साल पुस १० गते विहीवार ।