LP Gyasकाठमाडौ। नेपाल आयल निगमले नेपालमा खाना पकाउने ग्यासको मूल्य घटाएको छ। विहीवार राति १२ बजेदेखि लागू हुनेगरेर प्रतिसिलिन्डर ५० रुपैया घटाएको निगमले जनाएको छ।

अव खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ३ सय २५ रुपैयामा किन्न पाइने भएको छ। यसअघि प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैया थियो। स्वभाविक मूल्य समायोजन गर्ने प्रकृया अनुसार चाडवाडको मुखमा आएर निगमले खाना पकाउने ग्यासमा मूल्य घटाएकोमा उपभोक्ताहरुले केही भएपनि राहत महशुश गरेका छन्।

अव आइन्दा पेट्रोल, डिजेल र मट्टीतेलमा जस्तै भारतमा मूल्य तलमाथि पर्नासाथ नेपालमा पनि खाना पकाउने ग्यासमा पनि समायोजन गरेर घटेको बेलामा घटाउने र बढेको बेला बढ्ने गर्ने भएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ १६ गते विहीवार ।