काठमाडौ। कति कुरा चाहेर पनि गर्न नपाइने हुन्छ। नचाहेका कुरावाट अगाडि बढ्नु पर्ने पनि हुन्छ। शायद यसैलाई जिन्दगी भन्ने गर्दछ। यो कुरा अमेरिकामा अत्यन्त आकर्षक व्यक्तित्वका रुपमा लिइएकी रिमा केसीको जिन्दगीमा पनि धेरैहदसम्म मिलेको छ।

१० बर्षअगाडि नेपालमा रहंदा रिमालाई फेसन–मोडलिङ तथा फिल्म क्षेत्र रहरलाग्दो क्षेत्र थियो। यो क्षेत्रमा लाग्ने अत्यन्त चाहना भएतापनि त्यो रहर पूरा हुन सकेन । कति फिल्म तथा मोडलिङ सेक्टरवाट अफर आएको थियो। त्यो अफरलाई मनभरि चाहना भएरपनि त्यो बेला पारिवारिक दबाबका कारण रिमाले स्वीकार गर्न सकेकी थिइनन्।

रिमाको परिवारलाई फेसन–मोडलिङभन्दा फिल्मी माहोल त्यो बेलाजस्तै अहिले पनि त्यति मन पर्दैन। जसलेगर्दा राम्रा अफरलाई पनि रिमाले नो भन्नै परेको थियो। त्यसो भएतापनि फिल्म तथा मोडलिङमा जम्ने रिमाको त्यो बेला रहर थियो। परिवारले नदिएपछि नर्सिङको पढाईमा निरन्तर लागेर अमेरिका पुगेकी रिमा यतिखेर अमेरिकाकै सिटिजन भैसकेकी छन्।

अमेरिकाको मेरिल्याण्डमा नर्सिङ पेशामा नै आवद्ध रिमा हाल नेपालमा गर्न नपाएको त्यो रहरलाग्दो करियरलाई मज्जाले शुरुवात गरेकी छन्। विशेषत विकेन्डमा अमेरिकामा हुने फेसन तथा मोडलिङमा रमाएर लागिरहेकी रिमाले त्यहाँवाट निर्माण भएको आधा दर्जन गीतका भिडियोहरुमा अभिनय गरिसकेकी छन्।

विभिन्न फेसन परेडहरुमा मज्जाले क्याटवाक गरेर सवैको मन जितिसकेकी रिमा यतिखेर नेपालका ख्यातिप्राप्त ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठले अमेरिकामा प्रकाशित गरेको सन् २०१८ सालको ग्ल्याम क्यालेन्डरमा आकर्षणको विषय बनेकी छन्। मेरिल्याण्डमा ग्ल्याम क्यालेण्डरको विमोचन समारोहमा पनि आकर्षणको विषय बनेकी रिमा अत्यन्त सहयोग भएको ग्ल्याम क्यालेण्डरका प्रकाशक तथा फोटोग्राफर राजीव श्रेष्ठले भिजन संसारलाई भनेका छन्।

M/s Reema KC with Vetran Phtographer Mr.Rajiv Shrestha in U.S.A.

अमेरिकामा नै ग्ल्याम क्यालेण्डरका लागि राजीव श्रेष्ठसंग फोटोसुट गर्दा अत्यन्त रमाइलो लागेको र राजीव श्रेष्ठको फोटोग्राफीको तकनिकीवाट अत्यन्त प्रभावित बनेको समेत रिमाले अमेरिकावाटै भिजन संसारलाई प्रतिक्रिया दिएकी छन्। नेपालमा ललितपुर कुपण्डोलमा जन्मी–हुर्केकी रिमा अमेरिकाको टप मोडल हुने सोचमा लागेकी छन्। त्यसको मतलव फिल्मी हिरोइन बनेर धुम मचाउने उनको रहर छैन्।

विभिन्न फिल्महरुवाट अहिले पनि अफर आउने गरेको छ। तरपनि, मोडलिङ वाहेक फिल्ममा हाललाई टाइम दिने टाइम नै नभएको उनले भनेकी छन्। यसको मतलव उनलाई फिल्मी हिरोइन बन्ने हाललाई टाइमले गर्दा रहर छैन्। फेसन–मोडलिङ तथा म्युजिक भिडियोका गीतमा नै हाललाई आफू फिट एण्ड फाइन रहेको उनी भन्छिन्।


प्रकाशन मिति–२०७४ साल मंसीर २१ गते विहीवार ।