Asia Try 1काठमाडौ। अपाङ्गता भएका व्यक्तिहरुको अन्तरराष्ट्रिय महाअभियान एसिया ट्राइ–२०१६ नेपालमा संपन्न भएको छ। बुधवारदेखि काठमाडौमा शुरु भएको महाअभियानमा एसियाका १२ राष्ट्रका २ सय ५० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको एसिया ट्राइ–२०१६ शनिवार विधिवत रुपमा संपन्न भएको छ।

Asia Try 3

अपाङ्गहरुको लागि स्वाबलम्वन जीवन पद्धति केन्द्र इन्डिपेन्डेन्ट लिभिङ्ग सेन्टरको कार्यक्रम संयोजनमा भएको एसिया ट्राइ–२०१६ मा ६ वटा अपाङ्गहरुको समूह बनाएर काठमाडौ र काठमाडौ बाहिर पु्गेर अपाङ्गहरुलाई सम्मानजनक व्यवहार गर्न र गराउन विभिन्न समुदायको ध्यानाकर्षण गराउने कार्य भएको अपाङ्गअधिकारकर्मी भोजराज श्रेष्ठले बताएका छन्।

Asia Try 2

शनिवार आयोजित समापन समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले अपाङ्गता भएका व्यक्तिलाई हेलाको दृष्टिकोणले नहेरी सवलाङ्ग नागरिक सरह व्यवहार गर्नुपर्ने बताएका छन्। आयोग अपाङ्गता भएकाहरुको मानवअधिकार रक्षाका लागि क्रियाशील रहेको समेत अध्यक्ष शर्माले भनेका छन्।

Asia Try 4

प्रकाशन मिति–२०७२ साल फागुन २९ गते शनिवार ।