काठमाडौं। नेपालमा जातिय विभेद र जातियताको विषयमा ठूला जात भनाउंदाले सानो जातलाई दबाएको विभिन्न घटनाक्रममा निक्कै नै सान्दर्भिक गीत सार्वजनिक भएको छ।

म त नेपालमा जन्मे मेरो जात नेपाली वोलको सान्दर्भिक गीतको भिडियो सार्वजनिक भएको हो। नेपालमा जन्मिएका नेपाली वाहेक उसको कुनै जात छैन भन्ने देशप्रेमले भरिएको गीतमा गीतकार तीर्थराज आचार्यको शब्द सिर्जना रहेको छ।

विपिन आचार्यको संगीत तथा संगीत संयोजन रहेको गीतलाई माण्डवी त्रिपाठीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतमा युगिन गायक सूर्य थुलुङ,राजु परियार, माण्डवी त्रिपाठी, सरु गौतम, कमला त्रिपाठीको स्वर रहेको छ।

प्रकाशन मिति–२०७७ साल जेठ १९ गते सोमवार ।