काठमाडौ। नेपालमा जन्मेका आचार्य बालकृष्ण भारतको ८ औ धनी व्यक्ति सूचिमा पुगेका छन्। पश्चिम नेपालको स्याङ्जामा जन्मेका बालकृष्ण योगगुरु रामदेवका सहयात्री हुन् । उनी पतन्जली आयुर्वेदका सिइओ हुन् । चिनियाँको अनुसन्धान संस्था हुरनले सार्वजनिक गरेको भारतका धनीहरुको सूचिमा उनी ८ औ नम्बरमा परेका हुन्।

Acharya Bal Krishna with Ram Dev Baba
Acharya Bal Krishna with Ram Dev Baba

यसभन्दाअगाडि उनी २५औ नम्बरमा थिए। एकवर्षको अवधीमा उनको सम्पत्ति १७३ प्रतिशतले बढेर १ खर्ब १२ अर्ब भारतीय रुपैयाँ पुगेको छ । भारत सरकारले ल्याएको नोटबन्दी र जिएसटीको कारण बालकृष्णको सम्पत्ति बढेको हो। हुरुनका अनुसार पहिलो भारतीय धनी व्यक्तिमा मुकेश अम्बानी रहेका छन्।

यस्तै दोस्रोमा दोस्रोमा दिलीप सांघवी, तेस्रो एलएन मित्तल, चौथो शिव नादर, पाँचौं अजिम प्रेमजी, छैठौं साइरस एस पुनावाला, सातौं गौतम अडाणी, आठौं बालकृष्ण आचार्य, नवौं उदय कोटक र दसौंमा सुनील मित्तल छन्। अर्बपति भएपनि आचार्य बालकृष्णको जीवनशैली साधुकै रुपमा रहन्छन्। उनले कम्युटरको पनि प्रयोग गर्दैैनन् ।

विसं.२०२९ सालमा स्याङ्जामा जन्मेका बालकृष्ण अहिले भारतीय नागरिक हुन् । उनको नागरिकता सम्बन्धी विवाद बेलाबेलामा उठ्ने गर्छ । बालकृष्ण रामदेव मिलेर सन् १९९५ मा दिब्य फार्मेसी र २००६ मा पतन्जली आयुर्वेद खोलेका थिए।
प्रकाशन मिति–२०७४ साल असोज १४ गते शनिवार । विजया दशमी ।