American Dollarकाठमाडौ। केही समययता चीन लगायतका मुलुकमा नेपालवाट डलर स्थलमार्ग हुंदै डलर तस्करी हुन थालेवाट नेपालमा अमेरिकी मुद्रा डलरको चरम अभाव हुन थालेको छ।

विदेश जाने नेपालीहरु दिनहुं विभिन्न बैंकमा डलरको लागि ताकेता गर्न आउन थालेपछि उनीहरुको माग पूर्ति गर्न नेपालका चार बाणिज्य बैंकहरुले विदेशवाट कार्गो गरेर भएपनि डलर ल्याउने गृहकार्य गर्न थालेका छन्।

नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र स्टाण्डर्ट चार्टर बैंकले विदेशमा राखिरहेका आफ्ना डलर कार्गो गरेर नेपाल ल्याउन लागेको खवर राजधानी दैनिकले प्रकाशित गरेको छ।
प्रकाशन मिति–२०७३ साल भदौ ८ गते बुधवार ।