Mr.Ram Krishna Shrestha (Reknown Singer of Nepal) नेपालका ख्यातिप्राप्त गायक रामकृष्ण श्रेष्ठले गाएको गीत झम्म–झम्म पानी पर्यो बोलको गीतजस्तै विगत तीन देखि नेपालमा अविरल बर्षा भैरहेको छ।

काठमाडौं। नेपालका ख्यातिप्राप्त गायक रामकृष्ण श्रेष्ठले गाएको गीत झम्म–झम्म पानी पर्यो बोलको गीतजस्तै विगत तीन देखि नेपालमा अविरल बर्षा भैरहेको छ।

असारमा जस्तै असोजमा पनि मनसुनको प्रभाव भैरहेको छ। अझै नेपालमा तीन अविरल बर्षा हुने नेपालको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ। महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार शनिवारसम्म मनसुन सक्रिय हुने देखाएको छ।

हाल नेपालमा मनसुन न्यूनचापिय रेखा नजिक रहेको कारण देशभर पूर्ण बदली भएर धेरैजसो स्थानहरुमा मनसुनी बर्षा भैरहेको छ। नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रकाशन मिति–२०७७ साल असोज ८ गते विहीवार ।