काठमाडौ। निर्वाचन आयोगले यही फागुन ९ गते नेपालको नयाँ राष्ट्रपतिको निर्वाचन गर्ने तय गरेको छ। आयोगको बिहीबार बसेको बैठकले नयाँ राष्ट्रपति निर्वाचनको कार्यक्रम तय गरेको हो।


जसअनुसार २१ गते राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशित हुनेछ भने उम्मेदवारको मनोनयनपत्र दर्ता फागुन २३ गते हुनेछ।

दाबी–विरोध तथा फिर्तालगायतका प्रक्रिया पूरा गरी फागुन २४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्न कार्यक्रम बनाइएको छ। फागुन २९ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने जनाइएको छ।

दुईजना राष्ट्रपति पाइसकेको नेपालले अव तेश्रो राष्ट्रपति को हुने हुन भन्ने खुल्दुली सवैमा रहेको छ।

प्रकाशन मिति–२०७४ साल फागुन १० गते विहीवार ।