काठमाडौ। नाइजेरियाबाट नेपाल ल्याइएका चिम्पान्जी, बाँदरलगायतका विभिन्न वन्यजन्तुसहित प्रहरीले ६ जना तस्करलाई मंगलबार पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं, बाँसबारीस्थित सन्जीव भारीको घरमा छापा मारी नाइजेरियाबाट ल्याइएका दुईओटा चिम्पान्जी, ८ ओटा बाँदर, ७ ओटा गोल्डन फेजन चरा, दुईओटा रिङनेट फेजन चरा, ३८ ओटा परेवा र ६६ ओटा सुगा बरामद गरेको हो।Chimpanji Monkey Crime ब्यूरोले वन्यजन्तु र पंक्षी ओसार–प्रसार गरेको आरोपमा सन्जीव भारी, काठमाडौं, बूढानीलकन्ठ–१० कपन बस्ने बारा, डुमरवानाका भन्सार एजेन्ट राजकुमार तिवारी, भारतीय नागरिक मोहम्मद उस्मान, मोहम्मद फइम, चाँदबाबु मोहम्मद सरिफ र पाकिस्तानी नागरिक जावेद अस्लाम खानलाई पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले ती वन्यजन्तु र पंक्षी हवाईमार्ग हुँदै त्रिभुवन विमानस्थलबाट नेपाल ल्याइएको जानकारी दिए । चिम्पान्जी नेपाल भित्र्याइएको यो पहिलोपटक भएको पनि प्रहरीले जनाएको छ । जीवितै रहेका ती चिम्पान्जी, बाँदर र पंक्षीहरु मंगलबारै काठमाडौं जिल्ला वन कार्यालयमार्फत् सदर चिडियाखाना जावलाखेलमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशन मिति–२०७४ साल कात्तिक १ गते बुधवार ।