काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय बजारमा ख्यातिप्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी भित्रिएको छ। । नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो।

नेपाल भित्रिएको भेन्चुरिनीको काठमाडौंको दरबारमार्गमा शनिवार औपचारिक कार्यक्रम वीच भेन्चुरिनीको शो–रुम उद्घाटन गरिएको छ। नेपाली चलचित्र उद्योगका ख्यातिप्राप्त कलाकारहरू ऋचा शर्मा, नीति शाह, प्रशान्त ताम्राकार र एलिजा गौतमले भेन्चुरिनीको शो–रुम उद्घाटन गरेका हुन्।

एशियाको दोस्रो ठूलो उत्पादन कम्पनी भेन्चुरिनीलाई नेपालमा पहिलोपटक भित्र्याउने कम्पनी नवसमृद्धि इन्टरप्राइजेजका अध्यक्ष राजु थापाले बताएका छन्। उद्घाटन कार्यक्रममा अभिनेत्री ऋचा शर्माले अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपालमा आउदा ती उत्पादनसँग परिचित हुने मौका मिलेको वताएकी छन्। दरबारमार्गस्थित वान दरबार मलमा राखिएको भेन्चुरिनीको शो–रुममा जुत्ता, पर्स, बेल्ट, सेन्डल र ब्याग (झोला) उपलब्ध रहेको छ।
प्रकाशन मिति–२०७७ साल कात्तिक २९ गते शनिवार ।